मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै

काठमाडौँ – महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । यो खेल वेस्ट इन्डिज र न्युजिल्याण्डबीच शारजाह क्रिकेट स्टेडियममा आज राति ७; ४५ बजेदेखि हुनेछ ।

यो दोस्रो सेमिफाइनलको विजेता टोलीले अक्टोबर २० मा दुबईमा हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

यस प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ । यदि दक्षिण अफ्रिकी टोलीले अक्टोबर २० मा हुने फाइनल खेल जित्यो भने त्यो देशको पहिलो आईसीसी उपाधि हुनेछ।

अस्ट्रेलियाली टोलीले आईसीसी महिला टी-२० विश्वकप ट्रफी सर्वाधिक ६ पटक जितेको थियो । अस्ट्रेलिया २००९ पछि पहिलो पटक महिला टी-२० विश्वकपको फाइनल पुग्न सकेन ।

यस अघि वेस्ट इन्डिजले समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्डले पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

यस अघि आठ विश्वकपमा अस्ट्रेलियाले ६ तथा वेस्ट इन्डिज र इङल्याण्डले एक एक पटक महिला टी–२० विश्वकपको उपाधि जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?