मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भैरहवामा बिपी कोइराला मेमोरियल कप, पाँच देशका खेलाडीको सहभागिता

भैरहवा – शनिबारबाट भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडीहरूको सहभागितामा क्रिकेट प्रतियोगिता हुने भएको छ । 

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

कार्तिक ३ गते देखि १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा दक्षिण एसियाली चार वटा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बङ्गलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडीहरूको सहभागितामा हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले बताए । उनले बुद्धभूमिबाट नौलो प्रयास खेलकुदलाई पर्यटनसँग जोडेर यहाँको क्रिकेटको विकासका लागि टेवा पुग्ने बताए ।

प्रतियोगितामा भारतबाट लाइफ केयर क्रिकेट क्लब, पाकिस्तानबाट टाइगर्स इन्टरनेशनल स्पोर्ट्स, बङ्गलादेशबाट गुलाज वरियर्स, नेपालबाट नेक्सस रुपन्देही–११ र श्रीलंकाबाट श्रीलंका स्टेट सर्विसेज क्रिकेट एसोसिएसनको टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इमरान नाजिर, बङ्गलादेशको क्लब टिमबाट बङ्गलादेशी स्टारहरू आलोक कपाली र मुनिम साहरियर भारतबाट आईपिएल खेलाडी दिपक पुनिया सहित सबै टिममा प्रथम श्रेणीका खेलाडी सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेता टिमले पाँच लाख रुपैयाँ र ट्रफी, उप विजेताले तीन लाख रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजना हुने यो प्रतियोगिताले नेपाली खेलाडीहरूमा अनुभव साटासाट हुने र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा रहेको छ । काठमाडौँमा हुने यो प्रतियोगिता खेलमैदान मर्मतको क्रममा रहेकोले र ग्राउन्डमा एनपीएलको तयारी गर्नुपरेकोले यो प्रतियोगिता भैरहवामा गर्न लागिएको हो ।

पहिलो चरणमा ५ वटा टिम बिच लिग चरणको १० वटा खेल हुनेछ भने अन्तिम ४ मा पुगेकाहरू बीच २ वटा सेमिफाइनल र फाइनल गरी कुल १३ वटा खेल यहाँ हुने रुपन्देही क्रिकेट संघले जानकारी दिएको छ ।

प्रत्येक दिन २ वटा खेल खेलाइने छ, प्रतियोगितालाई नेपाल क्रिकेट संघले आधिकारिकता प्रदान गरेको छ भने प्राविधिक सहयोग रुपन्देही क्रिकेट संघले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?