मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेविड वार्नरले लिए ओडीआई क्रिकेटबाट पनि सन्यास

काठमाडौँ – अस्ट्रेलियाका स्टार ब्याटर तथा दुईपटकका विश्वकप विजेता सदस्य डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् ।

आफ्नो अन्तिम टेस्ट म्याच खेलिरहेका ३७ वर्षीय वार्नरले यस्तो  सन्यास घोषणा गर्दै टी–२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका हुन् । 

 वानडे विश्वकपको बेला नै यसबारे भनिसकेको र भारतमा गएर विश्वकप उपाधि जित्नु ठूलो उपलब्धि भएको बताएका उनले दुई वर्ष राम्रो क्रिकेट खेलिरहेको  र टिमलाई आवश्यक परेमा म उपलब्ध हुने समेत प्रष्टाएका छन् । 

आफ्नो क्रिकेट करियरमा १ सय ६१ ओडिआई खेलमा २२ शतक र ३३ अर्धशतकको सहयोगमा ६ हजार ९ सय ३२ रन बनाएका  वार्नरले टेस्ट क्रिकेटबाट पनि संन्यास घोषणा गरिसकेका छन् ।

उनले पाकिस्तानसँगको टेस्ट सिरिजको तेस्रो खेल लगत्तै यस ढाँचाबाट पनि संन्यास लिनेछन् भने यो खेल बुधबारदेखि सुरु हुँदै छ । 

वार्नर  अष्ट्रेलियाका लागि वान डे मा सर्वाधिक रन बनाउनेमा छैटौँ स्थानमा छन् भने शतक बनाउने सूचीमा रिक्की पोन्टिङपछि दोस्रोमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?