मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोर्चुगल र स्कटल्याण्डले खेले बराबरी

काठमाडौँँ- युएफा नेसन्स लिग अन्तर्गत पोर्चुगल र स्कटल्याण्डबीचको खेल बराबरीमा सकिएको छ । गएराति सम्पन्न खेल गोलरहित बराबरीमा रोकिएको हो ।

त्यस्तै समूह १ मा रहेका पोल्याण्ड र क्रोएशियापनि ३-३ गोलको बराबरीमा रोकिएका छन् । यस खेलमा पोल्याण्डका लागि पिओट जिएलिन्सकी, निकोला जालेवस्की र सेब्स्टन सिमारिस्कीले एक एक गोल गरेका थिए ।

त्यस्तै क्रोएशियाका लागि बोर्ना सोसा, पेटार सुसिक र मार्टिन बाटुरिनाले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ७६औं मिनेटमा डोमिनिक लिभाकोभिकले रातो कार्ड पाएका थिए ।

यो खेलपछि समूह १ मा पोर्चुगलको ४ खेलमा १० अंक भएको छ र शीर्ष स्थानमा छ भने क्रोएशिया ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै पोल्याण्ड ४ खेलमा ४ अंकसहित तेस्रो र स्कटल्याण्ड ४ खेलमा एक अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?