मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैँको विदामा हेर्नुहोस् उत्कृष्ट दश कोरियाली फिल्म

काठमाडौँ- पछिल्लो समय कोरियाली मनोरञ्जन उद्योग विश्वमाझ स्थापित हुँदै गइरहेको छ । कोरियाली पप सङ्गीत केपप र कोरियाली टेलिसिरियलसँगै कोरियाली चलचित्रले पनि विश्व बजारमा विशिष्ट छाप पार्न सफल भएका छन् ।

अहिले दशैँको बिदा चलिरहेको छ । दशैँको बिदामा पाएको फुर्सद सदुपयोग गर्न पनि कोरियाली फिल्म हेर्दा राम्रो हुन सक्छ । कोरियाली मनोरञ्जन उद्योगको अलग्गै स्वाद चाख्न र कोरियाली समाजलाई अझै नजिकबाट बुझ्न पनि कोरियाली फिल्म हेर्नु राम्रो बहाना बन्न सक्छ । 

आज हामीले दशैँको बिदामा हेर्न सकिने केही कोरियाली फिल्मबारे जानकारी लिएर आएका छौँ । दशैँको बिदामा कुन कोरियाली फिल्म हेर्ने त ?

१ बर्निङ

सन् २०१८ मा रिलिज भएको बर्निङ साइकोलोजिकल थ्रिलर जनराको फिल्म हो । फिल्ममा लि चाङ डोङको सहलेखन, निर्माण र निर्देशन रहेको छ । फिल्म जापानी लेखक हारुकी मुराकामीको लघुकथाबाट प्रभावित छ । फिल्ममा यु आह इन, स्टिभन यिउन र जिओन जोङ सेओको अभिनय रहेको छ ।

२ ओल्डब्वाई

सन् २००३ मा रिलिज भएको ओल्डब्वाई एक्सन थ्रिलर फिल्म हो । यो फिल्म यही नाम गरेको जापानी माङ्गामा आधारित छ । फिल्ममा धेरै लामो समय बन्दी जीवन बिताइरहेका व्यक्तिको कथावस्तु समेटिएको छ । फिल्मको निर्देशन पार्क चान वुकले गरेका हुन् भने फिल्ममा चोइ मिन सिक, यु जी ते र काङ हाइ जुङजस्ता कलाकारको अभिनय छ ।

३ द ह्याण्डमेडन

सन् २०१६ मा रिलिज भएको द ह्याण्डमेडन ऐतिहासिक साइकोलोजिकल थ्रिलर फिल्म हो । यो फिल्म बेलाउती लेखिका सारा वाटर्सको फिङ्गरस्मिथ नामक उपन्यासबाट प्रभावित छ । यद्यपि उपन्यासमा रहेको भिक्टोरियन कालखण्डलाई जापानी अधिनमा रहेको कोरियाको पृष्ठभूमि देखाइएको छ । पार्क चान उकले निर्देशन गरेको फिल्ममा किम मिन ही, किम ताए री, हा जुङ उजस्ता कलाकारको अभिनय रहेको छ ।

४ ट्रेन टु बुसान

सन् २०१६ मा रिलिज भएको ट्रेन टु बुसान एक्सन हरर जनराको फिल्म हो । फिल्ममा सोलदेखि बुसान शहरसम्मको रेलयात्राको कथावस्तु समेटिएको छ । युन साङ होले निर्देशन गरेको फिल्ममा गोङ यु, जुङ यु मी, मा डोङ सेओकजस्ता कलाकारको अभिनय रहेको छ । व्यवसायिक सफलतासँगै यो फिल्मका प्रिक्वल र सिक्वेल पनि सार्वजनिक भएका छन् ।

५ द ग्रेट ब्याटल

सन् २०१८ मा रिलिज भएको द ग्रेट ब्याटल ऐतिहासिक एक्सन फिल्म हो । यो फिल्म तत्कालीन कोरियाली राज्य गोगुरियो र चिनियाँ राज्य ताङबीच भएको युद्धको कथावस्तु समावेश छ । फिल्मको निर्देशन मिक क्वाङ सिकले गरेका हुन् । फिल्ममा जो इन सुङ, नाम जु ह्युक र पार्क सुङ वुङजस्ता कलाकारको अभिनय रहेको छ ।

६ द वेलिङ

सन् २०१६ मा रिलिज भएको द वेलिङ हरर जनराको फिल्म हो । फिल्ममा कोरियाको दुर्गम गाउँमा फैलिएको रोग र रहस्यमय हत्याको कथावस्तु समावेश छ । फिल्मको निर्देशन ना होङ जिनले गरेका हुन् । फिल्ममा क्वाक डो वोन, ह्वाङ जुङ मिन, चुन वु हीजस्ता कलाकारको अभिनय रहेको छ ।

७ आई स द डेभिल

सन् २०१० मा रिलिज भएको आई स द डेभिल हरर एक्सन जनराको फिल्म हो । फिल्ममा एक जना गुप्तचरले आफ्नी श्रीमतीको विभत्स हत्याको बदला लिएको कथावस्तु समेटिएको छ । फिल्मको निर्देशन किम जी वुनले गरेका हुन् । फिल्ममा ली ब्युङ हुन, चोइ मिन सिक, जेओन गुक ह्वानजस्ता कलाकारको अभिनय रहेको छ ।

८ मेमोरिज अफ मर्डर

सन् २००३ मा रिलिज भएको मेमोरिज अफ मर्डर क्राइम थ्रिलर फिल्म हो । यो फिल्म किम क्वाङ रिमको कम टु सि मी नाटकबाट प्रभावित छ । फिल्ममा ह्वासेओङ क्षेत्रमा भइरहेका रहस्यमय बलात्कार र हत्याको अनुसन्धान गर्ने जासुसको कथावस्तु समेटिएको छ । फिल्मको निर्देशन बोङ जुन होले गरेका हुन् भने फिल्ममा सोङ काङ हो, किम साङ क्युङ, किम रो हाजस्ता कलाकारको अभियन रहेको छ ।

९ पारासाइट

सन् २०१९ मा रिलिज भएको पारासाइट डार्क कमेडी थ्रिलर जनराको फिल्म हो । फिल्ममा कोरियाली समाजमा विद्यमान दुई वर्गबीचको द्वन्द्व प्रस्तुत गरिएको छ । फिल्मको निर्देशन बोङ जुन होले गरेका हुन् भने यसमा सोङ काङ हो, ली सुन क्युन र चो यिओ जेओङजस्ता कलाकारको अभिनय रहेको छ । यो फिल्मले ९२ औँ एकेडेमी अवार्डमा चार विधामा ओस्कर जित्न सफल भएको थियो ।

१० द स्पाई गोन नर्थ

सन् २०१८ मा रिलिज भएको द स्पाई गोन नर्थ एक्सन ड्रामा जनराको फिल्म हो । फिल्ममा आणविक योजनाको गोप्य सूचना लिन उत्तर कोरिया प्रवेश गर्ने जासुसको कथावस्तु समेटिएको छ । फिल्मको निर्देशन युन जोङ बिनले गरेका हुन् भने यसमा ह्वाङ जुङ मिन, ली सुङ मिन, चो जिन वुङजस्ता कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?