काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी नोट्टीङघम फोरेस्टसँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा चेल्सी र नोट्टीङघम फोरेस्ट १-१ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा चेल्सीका लागि नोनी माडुएकेले गोल गरेका थिए भने नोट्टीङघमका लागि क्रिस वूडले गोल गरेका थिए ।
यस खेलमा खेलको ७८औ मिनेटमा जेम्स वार्ड प्रोजले रातो कार्ड पाएपछि नोट्टीङघम १० खेलाडीमा सीमित भएको थियो ।
यो बराबरीपछि चेल्सीको ७ खेलमा १४ अङ्क भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी नोट्टीङघमको ७ खेलमा १० अङ्क रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया