काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा माटेओ कोभाकिकले २ गोल गरेका थिए भने जेरेमी डोकुले एक गोल गरेका थिए । त्यसैगरी फुलह्यामका लागि आन्द्रेज पेरेइरा र रोड्रीगो मुनिजले एक एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको ७ खेलमा १७ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी फुलह्यामको ७ खेलमा ११ अङ्क रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया