काठमाडौँ – जारी आईसीसी महिला टी-२० विश्वकपमा न्यूजील्याण्डले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।
न्यूजील्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा अल आउट हुँदै १०२ रन मात्र बनाएको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।
अब न्यूजील्याण्डले अर्को खेल मंगलबार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया