काठमाडौँ– आजबाट आहारारा पोखरा गोल्डकपका क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एफसीबीच हुँदै छ ।
खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।गोल्डको जारी २३औँ संस्करण अन्तर्गतको प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–० ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सीधै क्वार्टरफाइनल पुगेको हो ।
भुटानी लिग विजेता क्लब पारोको यो पहिलो सहभागिता हो ।नवप्रवेशी पारो पुष्पलाल शर्माको प्रशिक्षणमा मैदान उत्रिन लागेको हो ।यता थ्री स्टारको कप्तानमा योगेश गुरुङ छन् ।
क्लबकै पूर्व कप्तान विक्रम लामाको प्रशिक्षणमा प्रतिस्पर्धामा होमिएको टिममा विराज महर्जन्, आशिष चापागाईं, आदित्य शाक्य, दिपेश आले मगर, अभिषेक बराललगायत छन् ।
आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । र, माघ १७ गते जावलाखेल र मनाङमर्स्याङ्दीमध्ये एकजनासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया