काठमाडौँ – पोल्याण्डका पुर्व गोलकिपर वोज्सिच स्जेस्नीले संन्यास तोडेर बार्सिलोनासँग एक वर्षको सम्झौता गरेका छन् ।
बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पुर्व गोलकिपर स्जेस्नीलाई भित्र्याएको हो । स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो संन्यास तोडेका छन् ।
उनले बार्सिलोनासँग एक वर्षको सम्झौता गरेका छन् । बार्सिलोनाले स्जेस्नीसँग जुन ३०, २०२५ सम्म सम्झौता गरेको जानकारी दिएको छ ।
३४ वर्षीय स्जेस्नीले गत अगस्तमा फुटबलबाट संन्यास लिएका थिए । उनले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेलेका थिए भने पोल्याण्डका लागि २००९ देखि २०२४ सम्म ८४ खेल खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया