मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दीपेन्द्र टी–२० मा विश्वकै दोस्रो उत्कृष्ट अलराउण्डर

काठमाडौँ– दीपेन्द्रसिंह ऐरी टी–२० फर्म्याटमा विश्वकै दोस्रो उत्कृष्ट अलराउण्डर बन्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको विश्व वरियतामा ऐरी दोस्रो स्थानमा छन् ।

कुनै पनि नेपाली खेलाडीले क्रिकेटमा पाएको यो नै सबैभन्दा उच्च वरियता हो । आईसीसीको पछिल्लो सूचीमा उनी ४ स्थान माथि उक्लिएका छन् ।

आईसीसीका अनुसार उनले २३० अंक प्राप्त गरेका छन् । वरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्डका लायम लिभिङस्ट रहेका छन् । उनले २५३ अंक प्राप्त गरेका छन् ।

त्यसैगरी, तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बाब्वेका सिकन्दर राजा र पाचौँमा श्रीलंकाका वानिन्दु हसरंगा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?