काठमाडौँ – जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्वीन्सले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गरेको हो ।
ललितपुरले खेलमा शुरुका दुवै सेट लगातार जितेको थियो । पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले जितेको ललितपुरले तेस्रो सेट २६-२४ ले नै हारेको थियो । तेस्रो सेट जितेर खेलमा कमब्याकको प्रयास गरेको मधेश चौथो सेटमा २५-२३ को प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो ।
मधेशको यो लगातार दोस्रो हार हो । मधेशले पहिलो खेल कर्णालीसँग हारेको थियो ।
लिग अन्तर्गत आज पहिलो खेल ललितपुर क्विन्स र कर्णाली यशविसबीच अपराह्न ३: ४५ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल काठमाडौँ स्पाइकर्स र गण्डकी थण्डर्सबीच अपराहन्न ५: ४५ बजेदेखि शुरु हुँदै छ ।
त्यस्तै आजको तेस्रो खेल चितवन शक्ति र मधेश युनाइटेडबीच रति ७: ४५ बजेदेखि हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया