काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
एक दिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपाल टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ ।
यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ । अब सिरिज अन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया