काठमाडौँ – न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा परेको छ । टेस्टको तेस्रो दिन न्यूजील्याण्ड आफ्नो पहिलो इनिङमा केवल ८८ रनमा अल आउट भएपछि फलोअनमा परेको हो ।
न्यूजील्याण्डका लागि मिचेल सान्टनरले सर्वाधिक २९ रन बनाए भने डार्यल मिचेलले १३ र रचिन रविन्द्रले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन् ।
न्यूजील्याण्डको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा श्रीलंकाका प्रबाथ जयसूर्यले सर्वाधिक ६ विकेट लिएका थिए भने निशान सर्वाधिक ६ विकेट लिएका थिए भने निशान पेइरिसले ३ तथा असिथा फेर्नांडोले एक विकेट लिएका थिए ।असिथा फेर्नांडोले एक विकेट लिएका थिए ।
फलोअनमा परेको न्यूजिल्याण्डले आफ्नो दोस्रो इनिङ शुरु गरेको छ भने लन्च सम्म एक विकेट गुमाएर ३ रन बनाएको छ ।
यस अघि श्रीलंकाले पहिलो इनिङमा ६०२ रन बनाएर इनिङ घोषणा गरेको थियो । टेस्टको दोस्रो दिन शुक्रबार श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाए पछि इनिङ घोषणा गरेको थियो ।
श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए । श्रीलंकाका लागि आठौँ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ कीर्तिमान बनाएका छन् । त्यस्तै यस खेलमा दिनेस चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए ।
२ टेस्टको यस सिरिजमा श्रीलंकाले पहिलो टेस्ट खेल जितेर १–० को अग्रता बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया