काठमाडौँ – नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज भारतको सामना गर्दै छ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज हुने खेल नेपाली समय अनुसार अपराह्न १: ४५ बजेदेखि हुनेछ ।
नेपाल समूह बी मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो भने भारत समूह ए मा समूह विजेता बनेर सेमिफाइनल खेल्दै छ ।
नेपाल समूह चरणमा पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई ४-० र भुटानलाई २-१ ले पराजित गरेको थियो ।
त्यसैगरी समूह ए मा भारतले बङ्गलादेशलाई १-० र मालदिभ्सलाई ३-० ले पराजित गर्दै समूह विजेता बनेको थियो । आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि पाकिस्तान र बङ्गलादेशबीच हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया