मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईपिएल टिम कोलकोताको मेन्टर बने ब्राभो

काठमाडौँ – वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आईपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए ।

४० वर्षीय ब्राभो यस अघि चेन्नई सुपर किंग्सबाट लामो समय खेलेका थिए । गत वर्ष उनले चेन्नईको कोचिङ टिममा काम गरेका थिए भने गत टी-२० विश्वकपमा ब्राभो अफगानिस्तान टिमको कोचिङ टिममा सामेल थिए ।

अब ब्राभोले कोलकोतामा गौतम गम्भीरको ठाउँ लिने छन् । गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेदेखि कोलकोता नाइट राइडर्सको मेन्टर पद खालि थियो ।

कोलकोतामा हाल चन्द्रकान्त पण्डित मुख्य प्रशिक्षक रहेका छन् भने भारत अरुण बलिङ प्रशिक्षक रहेका छन् ।

आफ्नो क्यारियरमा पाँच सय भन्दा बढी टी-२० खेलको अनुभव रहेका ब्राभो लामो समयसम्म विश्वको नम्बर एक अलराउण्डर रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?