मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी

काठमाडौँ – राजधानीमा जारी एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसका लागि निर्मला उपाध्यायले ४३ औं मिनेट, मनिषा राउतले ५४ र सम्झना लावतीले ८२ औ मिनेटमा गोल गरेकी थिइन् ।

जितसंगै पुलिस ८ खेलमा १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै छ भने समान खेल खेलेको कर्णाली ४ अंकका साथ तालिकाको नवौ स्थानमा रहेको छ ।

प्रतियोगीता अन्तर्गत बिहीबार पहिलो खेलमा चन्द्रपुर नगरपालीका र वालिङ नगरपालीका र दोश्रो खेलमा कोशी प्रदेश र सुदुरपश्चिमबीच प्रतिष्पर्धा हुने एन्फाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?