मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी, सिरिजमा अफगानिस्तानको कब्जा

काठमाडौँ – दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्धको एक दिवसीय सिरिजमा सान्त्वना जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिङ गरेको अफगानिस्तान ३४ ओभरमै अल ओत हुँदै १६९ रन बनाएको थियो ।

यो खेलमा हार बेहोरेपछि अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्धको यो एक दिवसीय सिरिज २-१ जितेको छ । अफगानिस्तानले पहिलो पटक यसै खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक दिवसीय खेलमा पहिलो जित हासिल गरेको थियो भने पहिलो सिरिज समेत जितेको छ ।

यस सिरिजको प्लेयर अफ द सिरिज अफगानिस्तानका रहमनुल्लाह गुरबाज बनेका छन् । उनले यस सिरिजमा एक शतक र एक अर्धशतक बनाएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?