काठमाडौँ – लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा लुइज डियाजले दुई गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको ५ खेलमा १२ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी बोर्नमाउथको भने ५ खेलमा ५ अङ्क रहेको छ र लिगमा १३औ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया