मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राउटे समुदायका एक युवकको मृत्यु

सुर्खेत – राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षिय वृषबहादुर शाही रहेका छन् । ६ महिना देखि बिरामी भएका उनी प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई टीबी भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ । अस्पतालले उनको उपचार हुन नसक्ने बताएपछि राउटेबस्ती लैजादै गर्दा उनको बाटोमै बुधबार राति मृत्यु भएको हो ।

उनलाई धेरै बिरामी भएपछि मात्र अस्पताल ल्याईएको बताइएको छ । अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसिरहेका छन् ।

उनको मृत्युपछि राउटेको संख्या १३४ मा झरेको छ । राउटेहरुको स्वास्थ्यमा समस्या आउदा समयमा उपचार नगर्ने र जीवनशैलीका कारण जनसंख्या हरेकबर्ष घटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?