मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित

काठमाडौँ – अफगानिस्तानले दक्षिण अफ्रिकालाई एक दिवसीय क्रिकेटमा पहिलो पटक पराजित गरेको छ । 

जारी एक दिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको केवल १०७ रनको लक्ष्य पछाएको अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुँदै केवल १०६ रन बनाएको थियो ।

यो जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?