मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईसीसी विश्वकप लिग–२ : ओमानसँग पनि नेपाल पराजित

काठमाडौँ – नेपाल आईसीसी विश्वकप लिग- २ अन्तर्गत ओमानविरुद्ध पनि पराजित भएको छ । जारी सिरीजको दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।

नेपालले दिएको २२१ रनको लक्ष्य पछाएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४१ रन बनाए भने कश्यप प्रजापतिले ३६, कप्तान आकिब इलियासले २९ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर गुलशन झाले सर्वाधिक ५ विकेट लिएका थिए भने किरण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए भने गुलशन झाले ५३ तथा आरिस सेखले ३५ रन बनाएका थिए ।

जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो । यस अघि क्यानडासँग नेपाल १०३ रनले पराजित भएको थियो ।

लिग-२ को अङ्क तालिकामा नेपालको ६ खेलमा २ अङ्क मात्र रहेको छ र सातौँ स्थानमा रहेको छ । त्यस्तै ओमानको भने ५ खेलमा ५ अङ्क भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?