काठमाडौँ – आईसीसीले महिला टी-२० विश्वकपका लागि पुरुष विश्वकप सरह नै पुरस्कार रकम दिने घोषणा गरेको छ ।
युएईमा आगामी अक्टोबर ३ देखि शुरु हुने महिला टी-२० विश्वकपमा आईसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ । हालै सम्पन्न पुरुष टी-२० विश्वकपमा पनि सोही बराबर रकम पुरस्कारमा खर्च गरिएको थियो ।
आईसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् ।
त्यस्तै सेमिफाइनलमा पुग्ने देशले ६ लाख ७५ हजार र समूह चरणमा खेल जित्ने देशले ३१ हजार १५४ डलर पाउने आईसीसीले जनाएको छ ।
त्यस्तै समूह चरणबाट बाहिरिने हरेक देशले एक लाख १२ हजार ५०० डलर पाउने आईसीसीले जन्माएको छ ।
१० देश सहभागी विश्वकपमा पाँचौँ स्थानदेखि आठौँ स्थानसम्म रहने देशले २ लाख ७० हजार डलर प्राप्त गर्ने छन् भने नवौँ र दशौँ स्थानमा रहने देशले एक लाख ३५ हजार डलर पाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया