मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काभा महिला भलिबलः पुलिसले श्रीलङ्काको एयर फोर्सलाई हरायो

काठमाडौँ – विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन ‘काभा’ महिला क्लब च्याम्पियनसिपमा श्रीलङ्का एयर फोर्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

माल्दिभ्सको राजधानी मालेमा आज भएको खेलमा पुलिसले श्रीलङ्का एयर फोर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको हो । पुलिसले श्रीलङ्का एयर फोर्समाथि पहिलो सेट २५-१६ ले जित्यो भने खेलको दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्‍यो ।

त्यसैगरी, खेलको तेस्रो तथा अन्तिम सेट २५-२१ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि हिजो भएको पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

उक्त प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा पुलिसले भोेलि ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ । गत चैतमा भएको महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो । पुलिस लिग विजेताको हैसियतामा काभा महिला क्लब च्याम्पियनसिपमा खेल्न माल्दिभ्स पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?