मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चार लाख राशिको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि हुने

काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता–२०८१ हुने भएको हो ।

संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले प्रतियोगितामा काठमाडौँ उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोकलगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताए ।

प्रतियोगितामा सहभागी हुने टोलीले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताए । प्रतियोगितामा प्रथम हुने टोलीले रु चार लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले रु दुई लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले रु एक लाख ५० हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विसं २०७९ देखि सुरु गरिएको प्रतियोगितामा पहिलो वर्ष ३० र दोस्रो वर्ष २४ टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?