मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भलेन्सियामाथि एटलेटिको म्याड्रिडको सहज जित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भलेन्सियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा कोनोर गल्लाघेर, एन्टोनी ग्रीजम्यान र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

यस सिजनमा एटलेटिको म्याड्रिडको यो तेस्रो जित हो । ५ खेलमा ११ अङ्क हासिल गरेको एटलेटिको म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै भलेन्सियाले भने यस सिजनमा चौथो हार बेहोरेर पुछारमा रहेको छ ।            

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?