काठमाडौँ – आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा खेलको ६४औँ मिनेटमा गाब्रियल मागलहाएजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो यस सिजनमा आर्सनलको तेस्रो जित हो । ४ खेलमा आर्सनलको १० अङ्क भएको छ र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो दोस्रो हार हो । टोटनह्यामको ४ खेलमा ४ अङ्क रहेको छ र लिगमा १३औँ स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया