मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इजरायलले भारतको सेमिकण्डक्टर क्षेत्रमा लगानी गर्ने

काठमाडौँ– इजरायलले भारतको सेमिकण्डक्टर क्षेत्रमा लगानी गर्ने भएको छ ।

भारतका लागि इजरायलका नयाँ राजदूत रेउभेन अजरले इजरायलले यसबारे छिट्टै घोषणा गर्ने जनाएका हुन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा राजदूत अजरले यस्तो घोषणाको तयारी भइरहेको जानकारी दिएका छन् ।

अजरले यसबारे विस्तृत विवरण नदिएपनि इजरायलको टावर सेमिकण्डक्टर निजी कम्पनीले भारतमा लगानी गर्ने विषयमा चासो दिएको जनाइएको छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक सेमिकण्डक्टर उद्योगको हब बन्ने दिशामा अघि बढिरहेको बताएका थिए ।

यस उद्देश्यका लागि भारतले अमेरिका, जापान, दक्षिण कोरिया, जर्मनीजस्ता मुलुकसँग सहकार्य गर्न खोजिरहेको छ । राजदूत अजरले सेमिकण्डक्टरसँगै इजरायल भारतसँग पूर्वाधारको क्षेत्रमा पनि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

उनले ३५ अर्ब डलरको लगानीमा तेल अभिभमा नयाँ मेट्रो र नयाँ विमानस्थल निर्माण गर्न गइरहेको भन्दै यसका लागि भारतीय कम्पनीसँग पनि सहकार्य गर्न सकिने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?