काठमाडौँ – लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन् ।
अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३-१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर शानदार कमब्याक गरेका हुन् ।
मेसीले खेलको २६औँ र ३०औँ मिनेटमा गोल गरेका थिए । मेसी गत जुनदेखि इन्टर मियामीका लागि पहिलो पल्ट खेलेका हुन् । त्यस्तै इन्टर मियामीका लागि तेस्रो गोल लुइस स्वरेजले गरेका हुन् । स्वरेजले एक गोल असिस्ट समेत गरेका थिए ।
यस अघि खेलको दोस्रो मिनेटमा नै फिलाडेफियाले मिकाएल उह्रेको गोलमा शुरुवाती अग्रता लिएको थियो ।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ६२ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यसै गरी फिलाडेफियाको भने २८ खेलमा ३० अङ्क रहेको छ र लिगमा ११औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया