काठमाडौँ – चीनले खेल मिलेमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ ।
चिनियाँ फुटबल एसोसिएसनले दुई वर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरूलाई आजीवन प्रतिबन्ध लगाएको हो ।
अनुसन्धानले चीनमा १२० खेलमा फिक्सिङ भएको जनाएको छ, जसमा ४१ फुटबल क्लब संलग्न रहेको पाइएको छ ।
प्रतिबन्ध लाग्ने खेलाडीमा चीनको राष्ट्रिय टिमका पूर्व तीन खेलाडी सामेल छन् । जसमा जिन जिंगडाओ, गुओ टियान्यु र गु चाओ रहेका छन् भने दक्षिण कोरियाका सन् जुन हो पनि रहेका छन् । उनीहरूलाई आजीवन प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाली खेलाडी सन गत मार्चमा चीनमा १० महिनासम्म पक्राउ परेपछि दक्षिण कोरिया फर्किएका थिए ।
एसोसिएसनका अध्यक्षसंग काइले यस प्रकरणमा ४३ जनालाई आजीवन प्रतिबन्ध लगाइएको र अन्य १७ जनालाई पाँच वर्षको प्रतिबन्ध लागेको जानकारी दिएका छन् ।
यस अघि अगस्तमा पूर्व उपाध्यक्षलाई अनियमितताको आरोपमा ११ वर्षको जेल सजायमा पठाइएको थियो भने एसोसिएसनका पूर्व अध्यक्षलाई गत मार्चमा आजीवन कारावासमा पठाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया