मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रोएसियामाथि पोर्चुगलको सहज जित, रोनाल्डोले पुरा गरे ९ सय गोल

काठमाडौँ – पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गत क्रोसियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले क्रोसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा डियोगो डोलाट र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै क्रोसियाका लागि पोर्चुगलका डोलाटले नै आत्मघाती गोल गरेका थिए ।

रोनाल्डोले आफ्नो क्यारियरमा ९०० औँ गोल गरेका छन् । रोनाल्डोले क्लबबाट ७६९ र पोर्चुगलका लागि १३१ गोल गरेका छन् ।

पोर्चुगलले अब नेसन्स लिगको दोस्रो खेलमा सेप्टेम्बर ९ मा स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै क्रोसियाले सेप्टेम्बर ९ मा पोल्याण्डसँग खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?