काठमाडौँ– एन्फा महिला लिग फुटबलमा आजबाट दोस्रो चरणका खेल हुँदैछन् ।
दोस्रो चरण अन्तर्गत आज कोशी प्रदेश र बागमती युवा क्लब तथा कर्णाली प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने दुवै खेलमध्ये कोशी प्रदेश र बागमती युवाबीचको खेल दिउँसो साढे १२ बजे शुरु हुनेछ ।
दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । यसअघिको खेलमा कोशीले वालिङ तथा बागमतीले सुदूरपश्चिमलाई हराएका थिए ।
यस्तै, कर्णाली प्रदेश र वालिङ नगरपालिकाबीचको खेल अराह्न सवा ४ बजे शुरु हुनेछ । दुवै टोली पहिलो जित निकाल्ने योजनामा छन् । यसअघिको खेलमा कर्णालीले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको थियो भने वालिङ नगरपालिका कोशी प्रदेशसँग पराजित भएको थियो ।
१० टोली सहभागी लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले एक–एक लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया