काठमाडौँ – बङ्गलादेशले टेस्ट सिरिजमा पाकिस्तानलाई २-० ले पराजित गरेको छ । यसपछि बङ्गलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा पुगेको छ ।
विश्व टेस्ट च्याम्पियनसिपमा हाल पहिलो नम्बरमा भारत, दोस्रोमा अस्ट्रेलिया र तेस्रोमा न्यूजिल्याण्ड रहेको छ ।
शीर्ष स्थानमा रहेको भारत ६८.५२ प्रतिशत अङ्कसहित शीर्ष स्थानमा छ अस्ट्रेलियाको ६२.५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै न्यूजील्याण्ड ५० प्रतिशतसहित तेस्रो र बङ्गलादेश ४५. ८३ प्रतिशतसहित चौथो स्थानमा रहेको छ ।
बङ्गलादेशले पाकिस्तानलाई २ खेलको सिरिजमा २-० ले पराजित गरेको थियो । पहिलो टेस्ट १० विकेटले जितेको बङ्गलादेशले दोस्रो टेस्ट ६ विकेटले जितेको थियो ।
यस सूचीमा पाकिस्तान १९.०५ प्रतिशतसहित आठौँ स्थानमा रहेको छ । टेस्ट क्रिकेटको इतिहासमा पाकिस्तान पहिलो पटक बङ्गलादेशसँग हारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया