मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फाइनल प्रवेशका लागि कोशी र एपीएफ भिड्दै

काठमाडौँ – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज एपीएफ र कोशी प्रदेश भिड्दै छन् ।

प्रतियोगिताको पहिलो क्वालिफायर अन्तर्गत पिचमा उत्रिएको कोशीले ७ खेलमा ६ खेलमा अपराजित रहँदै १२ अंकसहित दोस्रो स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको हो। समूह चरणको खेलमा कोशी एपीएफसँग पराजित भएको थियो ।

यता एपीएफ ७ खेलसम्म अपराजित छ। आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले बागमती र सुदूरपश्चिमको विजेतासँँग दोस्रो क्वालिफायर खेल्नेछ।

आजै हुने एलिमिनेटरमा सुदूरपश्चिम र बागमती आमनेसामने हुनेछन्। यी दुईको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा हुनेछ।

एक विभागीय टोली एपीएफ सहित सातै प्रदेश सहभागी प्रतियोगिताको फाइनल खेल बुधबार हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?