मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खेलकुद

एन्फा महिला लिग आजबाट, उद्घाटन खेलमा कोसी प्रदेश र वालिङ नगरपालिका भिड्दै

काठमाडौँ –  एन्फा महिला लिग फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदै छ । असोज १२ गतेसम्म हुने पहिलो चरणका खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ ।

प्रतियोगीतको पहिलो चरणमा सहभागी १० टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसको शीर्ष ५ टोली सुपर लिगमा जानेछ । सुपर लिग डबल राउन्ड रोबिनमा हुनेछ । सुपर लिग तिहारपछि हुने सम्भावना रहेको छ । 

त्यसपछि सुपर लिगका उत्कृष्ट चार टिमबीच प्लेअफ र फाइनल खेल हुनेछन् । शीर्ष दुई टोलीले पहिलो प्लेअफ खेल्नेछन् र त्यसको विजेता फाइनल पुग्ने एन्फाले जनाएको छ । 

तेस्रो र चौथो टोलीले दोस्रो प्लेअफ खेल्नेछ । त्यसको विजेता र पहिलो प्लेअफको पराजित टोलीबीच इलिमिनेटर हुनेछ । त्यसको विजेता र पहिलो प्लेअफको विजेताबीच फाइनल हुने एन्फाले जनाएको छ । 

लिगको विजेताले १० लाख, दोस्रोले ५ लाख, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले जनही १ लाख, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?