काठमाडौँ– इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा एभर्टन बोर्नमाउथसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
२-० ले पछाडी रहेको बोर्नमाउथले खेलको ८७ मिनेटपछि तीन गोल गर्दै एभर्टनलाई स्तब्ध बनाएको थियो । बोर्नमाउथका लागि खेलको ८७औँ मिनेटमा एन्टोनी सेमेन्योले, ९२औँ मिनेटमा लेविस कुकले र ९६औँ मिनेटमा लुइस सिनिसटेराले गोल गर्दै जित दिलाएका थिए ।
त्यसैगरी एभर्टनका लागि यस अघि खेलको ५०औँ मिनेटमा माइकल कीन र ५७औँ मिनेटमा डोमिनिक कल्भर्ट लेविनले गोल गरेका थिए ।
यो जितपछि बोर्नमाउथको ३ खेलमा ५ अङ्क भएको छ । यस अघि लगातार दुवै खेलमा बराबरीमा रोकिएको बोर्नमाउथको यस सिजनमा यो पहिलो जित हो । त्यस्तै एभर्टन भने लगातार तेस्रो खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया