काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
आर्सनलले खेलको ३८औँ मिनेटमा काइ हाभेर्टजले गरेको गोलबाट शुरुवाती अग्रता लिएको थियो भने ब्राइटनका लागि खेलको ५८औँ मिनेटमा जोआओ पेड्रोले बराबरी गोल गरेका थिए ।
यस खेलमा खेलको ४९औँ मिनेटमा आर्सनलका डेक्लान राइसले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छोडेपछि १० खेलाडीमा सीमित भएको थियो ।
यो बराबरीपछि आर्सनलको ३ खेलमा ७ अङ्क भएको छ भने ब्राइटनको पनि ३ खेलमा ७ अङ्क रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया