काठमाडौँ – बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई इटालियन क्लब नापोलीले भित्र्याएको छ ।
नापोलीले लुकाकुलाई ३० मिलियन युरोमा भित्र्याएको औपचारिक घोषणा गरेको छ । लुकाकुले नापोलीसँग तीन वर्षको सम्झौता गरेका छन् । लुकाकुले एक वर्षमा नापोलीमा करिब ८ मिलियन युरो पारिश्रमिक पाउने गरी सम्झौता गरेका छन् ।
हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए ।
चेल्सीले लुकाकुलाई आफ्नो प्राथमिकतामा नराख्ने भएपछि उनले नापोलीसँग तीन वर्षको सम्झौता गरेको बताइएको छ । गत सिजनमा रोमाका लागि लुकाकुले ४७ खेल खेल्दै २१ गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया