काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा आफ्नो डेभ्यु खेल खेलिरहेका डानी ओल्मोले निर्णायक गोल गरेका थिए । यस अघि रायो भल्लेकानोले खेलको नवौं मिनेटमा उनै लोपेजको गोलमा शुरुवाती अग्रता लिएको थियो । त्यसपछि बार्सिलोनाले खेलको ६०औँ मिनेटमा पेड्रीको गोलमा खेल बराबरी गरेको थियो ।
यो जितपछि बार्सिलोनाको ३ खेलमा ९ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको भने ३ खेलमा ४ अङ्क रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया