मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ – साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदै छ ।

अन्तिम खेल अगावै सेमिफाइनल पुगेको नेपालले आज समूह विजेताका लागि निर्णायक मानिएको खेलमा बङ्गलादेशसँग भिड्न लागेको हो । 

दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने यो खेल दुवै टोलीका लागि  प्रतियोगिताको दोस्रो खेल हो । 

अहिलेसम्म दुवै टोलीको समान तीन अङ्क छ । गोलअन्तरका आधारमा बङ्गलादेश शीर्ष स्थानमा छ । आज पराजित हुने टोलीले समूह ‘बी’ को भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’मा बङ्गलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, मालदिभ्स र भुटान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?