काठमाडौँ – आईसीसी महिला टी- २० विश्वकप, २०२४ युएईमा हुने भएको छ । यस अघि बङ्गलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आईसीसीले जानकारी दिएको छ ।
अक्टोबर ३ देखि ३० सम्म हुने महिला टी-२० विश्वकप युएईको दुबई र शारजाहमा हुने भएको छ ।
आईसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बङ्गलादेशबाट युएईमा सरेको दिँदै आयोजक भने बङ्गलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ ।
बङ्गलादेशमा भएको आन्दोलन र नयाँ सरकार गठन पछि जारी गरिएका कैयौँ प्रतिबन्धका कारण प्रतियोगिता युएई सारिएको आईसीसीले जनाएको छ ।
यस विश्वकपमा आयोजक बङ्गलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बङ्गलादेशसहित अस्ट्रेलिया, इङल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया