काठमाडौँ – आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ।
टस जितेर फिल्ड रोजेको अमेरिकाले २३८ रनको लक्ष्य पाएको थियो । तर ४९.५ ओभरमा २१८ बनाएको उसले अन्तिममा ८ रन बनाउन मात्र ५ विकेट खर्चिएपछि १९ रनको पराजय भोग्न बाध्य बन्यो ।
यता शुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए। विक्रमजित सिंहले ५९, म्याक्स ओडाउड ४९ रन बनाए।
नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए।
अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाए। उसका लागि स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए।
नेदरल्यान्ड्सका भिभियन किंग्मा तीन, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुईदुई विकेट लिए। ८ टोली सहभागी लिग–२ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया