काठमाडौँ – एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब काठमाडौँ आएको छ ।
शनिवार बिहान नेपाल आइपुगेको टिम पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ ।
उसले तीन पटक विश्वकप खेलिसकेका जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ । उनी एसियाकै स्टार खेलाडी हुन् ।
त्यस्तै कुल १२ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको क्लबले गरेको लगानी अत्यधिक छ ।
गत वर्ष पनि पारो एफसी कप छनौट खेल्न नेपाल आएको थियो । त्यतिखेर मच्छिन्द्र क्लबसँग पराजित भएको थियो । यो पल्टको खेल मङ्गलवार दशरथ रङ्गशालामा साँझ ६ बजे हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया