काठमाडौँ – पोर्चुगलका फुटबलर पेपेले खेलबाट सन्न्यास लिएका छन् । ४१ वर्षीय पेपेले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । ब्राजिलमा जन्मेका उनले पोर्चुगलका लागि एक सय ४१ खेल खेलेका छन् ।
उनी यस समरमा भएको युरोपेली च्याम्पियनसिप खेल्ने सबैभन्दा पाका खेलाडी बने । उनको टोली पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो ।
सन् २०१६ को युरो कपको फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो उपाधि जितेको थियो ।
यो प्रतियोगितामा पोर्चुगलको टोलीमा पेपे, रोनाल्डो र माउटिन्हो थिए। रोनाल्डोले रियल मड्रिडका आफ्ना पूर्वसहकर्मी पेपेलाई एक्समा बधाई दिएका छन् ।
आफ्नो क्लब क्यारियरमा पेपेले २००७–१७ को बीच रियलबाट तीन च्याम्पियन्स लिग र तीन स्पेनिस लिग जिते । उनको अन्तिम क्लब पोर्टो थियो, जुनमा उनी २०१९ मा आबद्ध भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया