काठमाडौँ – नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वर जाने भएका छन् ।
खेल आज अपराह्न ५ बजे राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा हुने छ भने खेलमा नेपाल र भारतीय महिला टोलीबीच प्रतिस्पर्धा हुने छ । तर प्रधानमन्त्री ओली भने अपराह्न सवा ४ बजे नै त्यहाँ पुग्ने जनाइएको छ ।
घरेलु टोली नेपालले मंगलबार भएको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो भने भारतले श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।
यसअघि समूह चरणमा नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया