मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कवि लोहनीलाई ‘व्यथित काव्य सम्मान–२०८१’

काठमाडौँ– लामो समयदेखि टेलिभिजन पत्रकारिता र साहित्य लेखनमा समेत सक्रिय कवि तथा आख्यानकार मणि लोहनीलाइ ‘व्यथित काव्य सम्मान–२०८१’ प्रदान गरिने भएको छ ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार लोहनीलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो ।

उनको नाम साहित्यका सर्जकहरु श्रीओम श्रेष्ठ रोदनको संयोजनमा पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको समितिले सिफारिस गरेको हो ।

युवा पुस्ताका लोकप्रिय कवि लोहनीले मानवीय जीवनको प्रेम, सम्बन्ध, मृत्यु अनि महाशुन्यता जस्ता शाश्वत पक्षलाई आफ्नो काव्यिक लयमा बुनेका छन् । मानवीय समकालीन समाज र यथार्थमा टेकेर उनले कथा, निबन्ध जस्ता विधामा समेत कलम चलाएका छन् ।

उनका ‘आन्दोलनले छट्पटाएका कलमहरु,’ ‘मलामी साँझ,’ ‘मृत्युको अघिल्तिर’ र ‘यतैकतै (संयुक्त) कविताकृतिहरु’ सहित ‘असहमतिका पाइलाहरु,’ ‘परास्त प्रेम,’ ‘निर्वस्त्र मन’ कथासङ्गहरु प्रकाशित छन् । उनका दर्जनभन्दा बढी कथा, कविता विभिन्न विदेशी भाषामा अनुवाद भएका छन् ।

उनका कथा र निबन्ध सिर्जनाहरु विद्यालय स्तरमा समेट पढाइ हुन्छ । यस अघि उनी ‘युवा वर्ष मोती पुरस्कार,’ ‘राष्टिय कलाश्री युवा पुरस्कार,’ ‘सर्वोकृष्ट कथा पुरस्कार’ लगायत एक दर्जन पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन् ।

संघले ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८१’ कवि सुरेन उप्रेती(क्यानडा)लाई प्रदान गर्ने भएको छ । उप्रेतीको ‘आजका स्वरहरु कविता सङ्ग्रह(२०५३)’ प्रकाशित छ ।

वि.सं.२०३९ सालमा स्थापना गरिएको ‘व्यथित काव्य पुरस्कार’ नेपाली साहित्यका प्रतिभाशाली कविहरुलाई प्रदान गर्दै आएको छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, मेघराज मन्जुल, उषा शेरचन, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, विमल निभा, श्रवण मुकारुङ लगायत थुप्रै कविहरु सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?