काठमाडौँ – सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले जारी पेरिस ओलम्पिकको महिला १०० मिटरमा स्वर्ण पदक जितेकी छन् ।
अल्फ्रेडले १०० मित्रको दुरी १०.७२ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले स्वर्ण पदकको प्रबल दाबेदार मानिएकी अमेरिकी धावक शाकारी रिचर्डसनलाई हराएकी थिइन् । अल्फ्रेडले सेन्ट लुसियालाई इतिहासमा पहिलो ओलम्पिक पदक दिलाएकी छन् ।
रिचर्डसनले १०.८७ सेकेन्डमा सो दूरी पार गरेर रजत पदक जितेकी छन् । त्यस्तै अमेरिकाकै मेलिस्सा जेफर्सनले १०.९२ सेकेन्डमा सो दूरी पार गर्दै काश्य पदक जितेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया