काठमाडौँ – पूर्व फुटबलर गम्भीर राईको उपचारको क्रममा निधन भएको छ ।
झापा भद्रपुर नगरपालिका– १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय पूर्व फुटबलर गम्भीरको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको हो।
२०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका उनी लामो समयदेखि सुगर रोगको औषधि सेवन गरिरहेका थिए।
करियरको कुरा गर्दा राई अन्डर १६, अन्डर १९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए । एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही खेलेका उनले अन्तर्राष्ट्रिय खेलमा तीन गोल गरेका थिए।
झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट सन्यास लिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया