काठमाडौँ – जारी महिला एसिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
समूह ए बाट समूह विजेता हुँदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ । त्यस्तै समूह ए बाट नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन् ।
त्यस्तै समूह बी बाट श्रीलङ्का शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बङ्गलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै समूह बी बाट थाइल्याण्ड र मलेसिया समूह चरणबाट बाहिरिएका छन् ।
अब सेमिफाइनलमा भारत र बङ्गलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलङ्का र पाकिस्तान खेल्ने भएका छन् । सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन् ।
त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया