मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

मोरङ – नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर बूढीगङ्गालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोहबीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी नायब प्रहरी उपरीक्षक वीरेन्द्र खनाललाई रु ३० लाख मूल्यका १२ वटा उद्धार सामग्री हस्तान्तरण गरे ।

मोरङको केराबारी गाउँपालिकादेखि जहदा गाउँपालिकाकासम्मका आठ पालिकाका नागरिकलाई बाढीको समयमा उद्धार गर्न उक्त सामग्री उपयोगी हुने बताइएको छ । जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिङ्घीया र भारतको नदीबाट बाढी आउने हुनाले उद्धारमा सामग्री उपयोगी हुने बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह र सञ्जय कामतले विपद्मा उद्धार सागम्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । सोही अवसरमा पालिकाका कर्मचारीलाई रबर बोट सञ्चालनसम्बन्धी तालिम तथा अभ्यास गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?